Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लकडाउन उल्‍लंघन गर्नेलाई मेसिनको सहयोमा समात्दै प्रहरी

Company Register
Image may contain: one or more people, people walking, child, shoes and outdoor

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम रोक्न सरकारले लागू गरेको लकडाउनको उल्लंघन गर्नेलाई मेसिनको सहयोगमा प्रहरीले पक्राउ गर्न थालेको छ ।

Advertisement

मानिसबाट मानिसमा तीव्रगतिमा सर्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले मेसिनको सहयोगमा लकडाउनको उल्लंघन गर्नेलाई पक्राउ गर्न थालेको हो ।

लकडाउनको चौथो दिन चलिरहँदा प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई धमाधम पक्राउ गरेको छ ।

लकडाउन उल्लंघन गर्दै मानिसहरु सडकमा निस्किदिएपछि प्रहरीलाई जोखिम बढेको बेलामा उपत्यकामा मेसिनबाट मानिस समात्न थालिएको हो।

निश्चित शारीरिक दूरी कायम गर्ने गरी मेसिनबाट प्रहरीले मानिस पक्राउ गरिरहेको छ। प्रहरीले यसअघि पञ्जा लगाएर समात्दा पनि थुक वा र्‍यालयबाट कोरोना भाइरस सर्ने जोखिम बढेपछि मेसिनको प्रयोग गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाबाट लकडाउनमा सडकमा निस्किने मानिसलाई समात्न यस्ता दुईवटा मेसिनको प्रयोग गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले यो मेसिनको प्रयोगले निश्चित दूरी कायम गर्ने भएकाले केही सुरक्षित हुने बताए।

सडकमा निस्किएकालाई अहिले परिसरको टोलीले दुईवटा समूह बनाएर पक्राउ गरिरहेको उनले बताए ।

यो मेसिनको प्रयोग गरेर लक डाउनको चौथो दिन प्रहरीले ५० जनाभन्दा बढीलाई पक्राउ गरेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- khabarhub
Website Designe 1024×117
Loading...