मकवानपुरको भभीमफेदी गाउँपालिकामा पाहा मार्न गएका दुईजनाको खोलामा डुबेर मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–५ सुपिङका २२ वर्षीय नविन दोङ र २० वर्षीय राजन दोङको मंगलबार राति धुन्धुरे खोलामा पाहा मार्न जाँदा पानीमा डुबेर मृत्यु भएको हो ।

धुन्धुरे खोलाको खोचमा राति पाहा मार्न गएका उनीहरुको ढुंगामा चिप्लिएर खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनीहरुले विगत केही दिनदेखि उक्त खोलामा राति पाहा मार्दै आएका थिए । पाहा मार्न गएकाहरु बुधबार बिहानसम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा धुन्धुरे खोलाको खोचमा उनीहरुको शव तैरिएको अवस्थामा फेला परेको डिएसपी रिमालले बताए ।