विन्दवासिनी मिडिया प्रालिद्घारा सञ्चालित रेडियो थाहा सन्चार ९९ दशमलव ६ एफ.एम हेटौंडाको तेह्रौं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन ३ गते सोमबार तेश्रो दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरेको रेडियोका स्टेसन म्यानेजर मणिराज गौतमले जानकारी दिएका छन् । हेटौडा उपमहानगरपालिकामै एकैदिन गरिएका रक्तदान कार्यक्रमहरु मध्यमा सर्वाधिकले रक्तदान गरेको रक्तसन्चार केन्द्रका प्रमुख टंक दहालले बताएका छन । । सप्तव्यापी कार्यक्रम अन्तर्गत आज चौथो दिन फागुन ४ गते मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेमा व्यवसायिक माछापालन प्रबद्घ्र्रनमा मनहरी गाउँपालिकाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम हुँदैछ ।