माओवादी केन्द्रको बाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएको छ । बाग्मती प्रदेशको नेतृत्व चयन गर्न सोमबार मतदान भएको थियो । सार्वजनिक मतपरिणाम अनुसार पौडेलले अर्का प्रतिस्पर्धी दिनानाथ गौतमलाई ७६ मतले पराजित गरेका छन् । दुई सय ६१ मत खसेकोमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गरे ।

बाग्मती प्रदेशको उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुङ्गाना र मकवानपुरका प्रेम बहादुर पुलामी (छिन्तु) विजयी भएका छन् । महर्जनले १७८, ढुङ्गानाले १०१ र पुलामीले १३८ मत प्राप्त गरेका छन् भने सचिवमा इन्द्रबहादुर थिङ निर्वाचित भएका छन् । थिङले १४९ मत गरेका छन् । यस्तै सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्ष सङ्गीता भट्टराई विजयी भएका छन् । बुर्लाकोटीले ११५, लामिछानेले १०९ र श्रेष्ठले १०८ मत प्राप्त गरेको केन्द्रको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्ष भट्टराईले १५३ मत प्राप्त गरे । माओवादी केन्द्रले यही पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।