मकवानपुरको मनहरी गाउँपालिका– ८ स्थित यनाइटेड स्कूलले मनहरी गाउँपालिकामै पहिलो पटक स्क्रावल क्लब गठन गरेको छ । स्कुलले उक्त क्लव गठन गरेसँगै स्कुलमा अध्यनरत कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरलाई स्क्रावल सम्बन्धि र अन्तरदेशीय कार्यक्रम सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ।

No description available.

उक्त कार्यक्रमको सहजिकरण विवस जंग थापाले गर्नु भएको थियो। प्रशिक्षक थापाले स्क्राब्बले अङ्ग्रेजी शब्दहरू सही तरिकाले कसरी हिज्जे गर्ने भनेर सहजीकरण गर्नुको साथै,धेरै शब्दहरूको विभिन्न अर्थहरू र तिनीहरूलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारे सहजीकरण गरेका थिए । कार्यक्रमको सभाध्यक्षता विद्यालयका पूर्व अध्यक्ष मातृका प्रसाद ढुंगानाले गर्नु भएको थियो भने कार्यक्रमको समन्वय सहायक प्रधानाध्यापक मनोज मोक्तानले गर्नुभएको थियो।