आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ को वडा अध्यक्षमा दिपेश दाहाल सर्वसम्मत उम्मेदवार चयन भएका छन् । गएराती बसेको गठबन्धनको बैठकले दाहाललाई अध्यक्षको उम्मेदवारी बनाउने निर्णय गरेका हुन् । दाहाल मकवानपुरगढीका युवा नेता पनि हुन् । उनि हाल नेपाली कांग्रेस वडा नंम्बर ५ को वडाध्यक्ष समेत रहेका छन् ।

“मेरो मात्र फाईनल भएको हो । अन्य सदस्यको हकमा फाईनल भएको छैन अहिले गठबन्धनको बैठक बसिरहेका छौ , केही समयमा नै फाईनल नतिजा आउने । ‘सबैको फाईनल भएपछि हामी निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने छौँ दाहालले भने “।