आउँदो बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सिंह प्रकाशमान सिंहकी पत्नी हुन् । सिंहले आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने भएकी छन् ।