रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप दिने

अनलाइन पत्र संवाददाता२०७७-०६-१४ No Comments

विश्वमै पहिलोपटक खोप विकास गरेको दाबी गरेको रसियाले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप दिने भएको छ । अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम रोयटर्सका अनुसार खोप नेपाल पठाउन सम्झौता भइसकेको छ । रोयटर्सका अनुसार रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक(५’ नेपाल ल्याउने सम्झौता भएको हो । नेपालमा मात्र नभएर एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले ‘स्पुतनिक भी’ को माग गरेको समेत दाबी गरिएको छ ।

फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल डिमिट्रेभले ट्रिनिटीसँग सम्झौता भएको र नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्‍ने गरी भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । ‘ट्रिनिटी कम्पनीलाई धन्यवाद१ खोपका लागि सम्झौता भइसकेको छ,’ उनको भनाइ छ । यसअघि आरडीआईएफले मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन, भारत – १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता गरिसकेको छ । रुसको स्वास्थ्य मन्त्रालयमा ११ अगस्टमा विकास भएको यो खोपलाई मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड(१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भनिएको छ ।

Ad
Ad