यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

बलात्कारपछि हत्या गरिएकी बिकको हत्या आरोपी सार्वजनिक


बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना बिकको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले बलात्कारपछि हत्या गरेको आशंकामा मष्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई सार्वजनिक गरेको हो । गत असोज ७ गते गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव मन्दिरमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । पक्राउ परेका राजेन्द्रविरुद्ध अर्की बालिकालाई बलात्कार गरेको उजुरी समेत परेको प्रहरीले जनाएको छ ।

Advertisement