यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेटौंडामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु


हेटौंडा–७ न्युरेनीमा भएको मोटरसाईकल दुर्घटनामा घाईते भएका मध्य एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा पछाडी बस्ने मकवानपुरको बकैया गाउँपालिका –५ का ३१ वर्षीय ईन्द्र बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । यसैगरि अर्का घाईते मोटरसाईकल चालक सोहि स्थानका २१ वर्षीय जुत्ते घलानको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । मंगलबार दिउँसो हेटौंडाबाट बकैया जाँदै गरेको ना १५ प ५१७० नंबरको मोटरसाईकल आफै अनियन्त्रित भएर रोकि राखेको ना ६ ख ६७५३ नंबरको टिपर संग ठाक्किदा दुर्घटना भएको थियो ।

Advertisement