भानुजयन्तिको सन्दर्भमा निवृत्त शिक्षक समाजको आयोजनामा कविता वाचन

Company Register

नेपाल निवृत्त शिक्षक समाज जिल्ला समिति मकवानपुरले भानुजयन्तीको सन्दर्भमा आज भर्चुअल साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement

कार्यक्रम समाजका राष्ट्रिय समिति अध्यक्ष चुडामणि शर्माको प्रमूख आतिथ्यता तथा वरिष्ठ उपाध्यक्ष ध्रुवराज शर्मा अर्याल एवम् मकवानपुर जिल्ला समन्वय समितिका उप प्रमूख भगवती पूडासैनीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । समाजका जिल्ला अध्यक्ष शिवदयाल यादवको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि खेमराज सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव अभिमन्यु गौतमले गर्नु भएको थियो । साहित्य वाचनको सुरुवात केन्द्रीय सल्लाहकार रमाकान्त सापकोटाबाट प्रारम्भ भै कास्कीबाट कविहरु शिव त्रिपाठी, छविलाल आचार्य, ह्रिषिकेश बराल गोर्खावाट हरिप्रसाद घिमिरे , नवलपुरवाट भागवत प्रसाद गौतम , चितवनबाट लकाश पौडेल, कृष्ण प्रसाद पोख्रेल ,मकवानपुरवाट जनार्दन खनाल, ज्ञानप्रसाद चौलागाँई , सुनिल गौतमले आफ्ना कविता वाचन गर्नुभएको थियो भने कार्यक्रममा कवि सुवास खनालले रचनासहित साहित्यको समीक्षा गर्नु भएको थियो । उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रमा घिमिरे , महेन्द्र वम, केन्द्रीय सहकोषाध्यक्ष खिमकान्त पराजुली , केन्द्रीय सल्लाकार चुडामणि ओली केन्द्रीय सदस्यहरू तोयानाथ लामिछाने , टेकवहादुर केसी , नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका जिल्ला अध्यक्ष श्रीराम दहालले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

ya thau khali xa

यसै गरी विभिन्न जिल्लावाट कमलीकान्त घिमिरे, गुणराज गौतम, अर्जुन बराल, दुर्गाप्रसाद दहाल , नारायणी अधिकारी, वनमाली सुवेदी , विष्णु सुवेदी , अरुण खतिवडा, इन्दीरा अर्याल समेतको उपस्थिति रहेको थियो।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...