अनेरास्वबियू मकवानपुरको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबार भएको भेलाले जिल्ला सम्मेलन आगामी जेष्ठ–१ गते गर्ने कार्यक्रम संयोजक किशन घिसिङ्गले बताएका छन् । घिसिङ्गको संयोजकत्वमा ८१ सदस्यिय जिल्ला सम्मेलन आयोजक कमिटी समेत गठन गरिएको छ ।

Image may contain: 7 people, including Pramod Phunyal, people sitting and people standing

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य तथा अनेरास्वबियू केन्द्रिय सदस्य महेश बर्तौलाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा वाग्मति प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, अखिल केन्द्रिय सदस्य बिशाल पौडेल लगायतको उपस्थिती रहेको थियो ।