काठमाडौं – हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘एउटा कुरा छ…’ बोलको गीत सार्वजनिक गरिएको हो । 

गीतमा शब्द, संगीत र स्वर हरिवंश स्वयंको छ । भिडियोमा हरिवंश स्वयंले अभिनय गरेका छन् । गीतले राजनीति र कर्मचारीतन्त्रमा रहेको भ्रष्टाचारी प्रवृत्तिलाई व्यङ्ग्य गरेको छ । 

सत्यदीप केसीले खिचेको भिडियो रामकाजी कँडेलले सम्पादन गरेका छन् । भिडियो निर्देशन सागरराज शर्माले गरेका छन् ।