काठमाडौं : सज्जनराज वैद्यको शब्द, संगीत तथा स्वर रहेको गीत ‘सस्तो मुटु’ यतिवेला युट्युब ट्रेन्डिङ नम्बर एकमा रहेको छ।

तीन दिनअघि सार्वजनिक भएको गीत १५ लाख भ्युजसहित ट्रेन्डिङ नम्बर एकमा उक्लिएको हो।

सज्जनका अघिल्ला गीतहरूभन्दा फरक स्वादमा बनेको सस्तो मुटुलाई दर्शकले निकै मन पराएका छन्।

१ लाख ४० हजारभन्दा बढी लाइक रहेको गीतमा ६ हजारभन्दा बढीले प्रतिक्रिया व्यक्त गरेका छन्।

नुर्वु लामा र सौम्य कार्कीको कन्सेप्टमा आभूषण चित्रकारको निर्देशनमा बनेको गीतको भिडियोलाई पनि दर्शकले मन पराएका छन्।

गीतको भिडियोमा सज्जनसहित रोविन चौधरी, रिहा वैद्य, श्रेया श्रेष्ठ, दिकेश महर्जन लगायतका कलाकारको अभिनय रहेको छ।

एकोहोरो प्रेम गरिरहेको युवकको दृष्टिबाट गाइएको गीतको भिडियो पनि त्यसै अनुरुपको बनेको छ।

छायांकनका क्रममा आफ्नै सह-अभिनेत्रीसँग प्रेममा परेको अभिनेताको कथा गीतको भिडियोमा देख्न सकिन्छ।

लवेश श्रेष्ठ र कुशल जोशीको छायांकन रहेको गीतको भिडियोलाई लवेशले नै सम्पादन गरेका हुन्।

सज्जनका ‘हवाई जहाज’, ‘चिठ्ठी भित्र’, ‘मुस्कान’, ,हतारिँदै बतासिँदै’, ‘फुत्की जाने जाेवन’ लगायत गीत युट्युबमा सर्वाधिक हेरिएका गीत हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू