पछिल्लो समय मकवानपुरे गायक गायिकाहरुको गीत बजारमा एकपछि एक गरी आईरहेका छन् । त्यसै क्रममा पछिल्लो समय दर्शकको जित्न सफल एक मकवानपुरे गायक हुन् बुद्ध मोक्तान । उनले बुधबार मेरो बाबा आमा बोलको गीत फिमेल भर्सनमा ल्याएको छ । मोक्तानको आफ्नै शब्दमा रहेको गीत पहिलै आफ्नै श्वरको मेल भर्सन ल्याईसकेका छन् । उनले त्यही गीतलाई फिमेल भर्सनमा पनि ल्याएका छन् ।

नेपाली गीतसंगितमा अहिले एउटै गीत मेल/फिमेल भर्सनमा निकाल्ने चलन नै आएको छ । त्यसैक्रममा गायक मोक्तानले पनि मेल भर्सनको गीतलाई फिमेल भर्सनमा ल्याएको छ । संकरा डिजिटल स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको गीतमा गायक मोक्तानकै शब्द रहेको छ ।

गीतमा कृष्ण माया स्याङ्तान (सुश्मी)ले श्वर भरेकी छिन् भने विष्णु तामाङ्गले संगित गरेको छ । म्युजिक भिडियोलाई शरण हुमागाँईले निर्देशन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू