काठमाडौँ । वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति गायक आयुस्मान बिस्टको स्वरमा रहेको रोमाण्टिक भर्सनको ‘पोखरेली नानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ संगीतकार वसन्त सापकोटाले  यस गीतलाई संगीतवद्द गरेका हुन्।  गीतमा कुशल कुमार खनालको शब्द रहेको छ भने संजीव बराइलीको संगीत संयोजन रहेको छ।

गीतको भिडियोमा युवा-युवतीबीचको प्रेम र आकर्षणको कथा भनिएको छ । भिडियोमा कुन्साङ बोम्जन, बिना राउत, दिक्षा रिसाल र स्वयम् गायक आयुस्मान बिस्ट फिचर्ड छन्।  सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।  विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ।

पुष्पान्जली थापा बिस्ट निर्मात्री रहेको भिडियोलाई अनुप चापागाईको निर्देशनमा तयार पारिएको हो। ओएसआर डिजिटल मार्फत सार्वजनिक भिडियोलाई  दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

https://www.youtube.com/watch?v=zeSOMARQorc&feature=youtu.be