भुटनदेवी स्कुलको सटरमा रहेको दाजुभाई स्विट्सका संचालक सहित ४ जना पक्राउ परेको छ । हेटौंडामा जारी निषेधाज्ञाको उलंघन गर्दै मिठाई पसल खोलेको भन्दै सोमबार प्रहरी उनिहरुलाई पक्राउ गरेको हो । पटक पटक पसल नखोल्न आग्रह गरेपनि अटेर गरेर पसलमा भिडभाड गरेर मिठाई बेचिरहेपछि संचालक सहित ४ जनालाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन् । पक्राउ परेका ४ जनालाई संक्रमण रोग निवारण ऐन २०२० बमोजिम कार्वाही सुरु गरिएको बताए।