९ औं अधिवेशन बाट नेपाल मगर विद्यार्थी संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा पुनः शिव पुलामी मगर चयन भएका छन् । शनिबार हेटौंडामा भएको अधिवेशबाट सर्वसम्मत पुलामीलाई पूनःअध्यक्षमा चयन गरिएको हो । संघको उपाध्यक्षमा विवश राना मगर, सचिव अनिल पुलामी, सहसचिव मनिषा सारु, कोषाध्यक्ष पुष्पराज पिठाकोटे मगर चयन भएका छन् ।

नेपाल मगर संघका केन्द्रीय अनुशासन विभाग संयोजक अशोक सारु मगरको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा मगर संघ केन्द्रीय सदस्य अमृता थापा मगर, बागमती प्रदेश सदस्य खेम जर्गा, मगर विद्यार्थी संघ प्रदेश उपाध्यक्ष अस्मिता पुलामी मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा नेपाल मगर संघ मकवानपुर उपाध्यक्ष उमीृला राना मगर सचिव महेन्द्र राना मगर, सहसचिव भुपेन्द्र राना मगर तथा निवर्तमान सहसचिव आशिष अस्लामीको अतिथ्यता रहेको थियो ।