हेटौंडा ४ मा रहेको विन्दवासिनी मिडिया प्रालिद्घारा सञ्चालित रेडियो थाहा सन्चार ९९ दशमलव ६ एफ.एम को वार्षिकोत्सवको पाँचौ दिन बुधबार सवारी दुर्घटना न्यूनिकरण, कानूनी व्यवस्था र नागरिकको दायित्व विषयक माविस्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रेडियोको तेह्रौं वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको पाँचौं दिन बुधबार सवारी दुर्घटना ,न्यूनिकरण, कानूनी व्यवस्था र नागरिकको दायित्व विषयक माविस्तरिय वक्तृत्वकला प्रतियोगिता भएको हो ।

चौध वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगीतामा सिद्वार्थ माविका सर्वज्ञरत्न खतिवडा प्रथम , निर्मल माविकी सपना बर्तौला दित्तिय र हेटौंडा एकेडेमीकी श्रमिका कँडेल तृतीय भएका छन । प्रतियोगीतामा प्रथम , द्वितीय र तृतीय हुनेलाई क्रमश नगद ५ हजार , ३ हजार र २ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो । रेडियोको स्टेशन म्यानेजर मणीराज गौत्तमको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी यातायात कम्पनी प्रालीका अध्यक्ष हिरालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगीतामा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी सहायक निरिक्षक दयाराम गौत्तम , नारायणी संघ हेटौंडाको महासचिव सरोज खनाल , प्रुडेन्सियल हेटौंडाका अर्जुन सुवेदीले निर्णायक भुमिका निर्वाह गरेका थिए ।