2025-11-09 1:32 pm

हेटौंडामा दोस्रो ल्होछार महोत्सब हुने

२८५६ औं जीवा ल्हो(मुसा बर्ग) सोनाम ल्होछारको अबसरमा हेटौडामा दुइ दिनको दोस्रो सोनाम ल्होछार महोत्सब हुने भएको छ । आइतबार ह्याङ्ला तामाङ समाजको कार्यालयमा बसेको संयुक्त बैठकले माघ १० र ११ गते हेटौडाको टी.सी.एन चौरमा गरिने महोत्सबमा समाजको अध्यक्ष आत्माराम मोक्तानको संयोजकत्वमा १५१ सदस्यीय ल्होछार महोत्सब मूल आयोजक समिति गठन गरिएको छ ।

दुर्इ दिन सम्म चल्ने महोत्सबमा तामाङको भेषभुषा प्रदर्शनी , मौलिक खानाको परिकार लगायतको स्टलहरु रहने जनाएको छ । महोत्सबलाई सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरि कार्यविभाजन गरिएको छ । जिग्तेन शिवा छेथर लिङ गुम्बाको अध्यक्ष डोल्मा स्याङ्बोको संयोजनमा आर्थिक ब्यबस्थापन समिति गठन गरिएको छ । त्यस्तै, प्रचारप्रसार समितिको संयोजक दिलबहादुर लामा, साउण्ड सिस्टम तथा मंच ब्यबस्थापनको संयोजकमा सबिन मोक्तान, र्याली ब्यबस्थापन तथा सेलो नृत्य प्रतियोगिता संयोजक सुनिल लोप्चन, सस्कृति तथा कलाकार बयास्थापन संयोजक सुरेश लामा, अतिथि सत्कार संयोजक कल्पना घलान लगायतको उपसमिति गठन गरेको छ ।

त्यस्तै महोत्सबको पहिलो दिन १० गते नेपाल तामाङ युवा घेदुङको संयोजनमा ‘जिल्ला स्तरिय तामाङ सेलो नृत्य प्रतियोगिता’ हुने कार्यक्रम संयोजक मोक्तानले बताउनु भयो । सोहि दिनको साझा दिपावली सहित ल्हो सेलाउने लगायत पुजा प्रवचनको कार्यक्रम रहने समेत उहाँले बताउनु भयो । दोस्रो दिन ११ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागीमा बृहत सास्कृतिक कार्यक्रम गरिने संयोजक मोक्तानले बताउनु भयो । कलाकार लगायत अतिथिहरुको टुंगो संगै तयारी पुरा भएपछी पत्रकार सम्मेलन गर्ने प्रचारप्रसार समितिको संयोजक दिलबहादुर लामाले बताउनु भयो ।

About the Author

Ad
Ad