मलेसिया सरकारले जनवरी १ देखि स्वदेशी तथा विदेशी श्रमिकहरूको तलब बढाउने भएको छ । मलेसियाली मिडिया इन्टेलएसियाका अनुसारजनवरी १ देखि श्रमिकहरूले न्यूनतम मासिक तलब १२ सय मलेसियन रिङ्गेट करिब ३३ हजार नेपाली रुपैयाँ पाँउने भएका छन् । मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिङ्गेट छ । तलब वृद्धिसँगै मलेसियामा कार्यरत लाखौं नेपाली कामदारले यसको लाभ पाउनेछन् । र न्यूनतम तलब लागू हुने ५७ वटा शहरको नाम सार्वजनिक भएको छ ।
ती शहरहरुमा जोहोरबरु , इस्कन्डर, पुटेरी, अलोर सेटर, मेलाका बेर्सेजर्हा, पुलाउ पिनान्ङ, सेबेराङ पेराइ, इप्हो, शाह अलम, पेटालिङ जय, क्वाला तेरेन्गानु, कुचिङ उतरा, कुचिङ सेलेटन, मिरीकोटा किनाबालु, क्लालालम्पुर ,बाटु पहट छन् । त्यस्तै तेलुक इन्तान, कङगर, अम्पाङ जय, कजाङ, क्लाङ, सेलयाङ, सुवङ जय, सेपाङ, केमामन, डङ्गन, पडवान, सिबु, समराहन, बिन्टुलु, सन्दकन, तवाउ, लाबुअन र पुत्रजयमा पनि बढेको नयाँ तलबमान लागू हुने छ । त्यसैगरी अन्य शहरहरुमा क्लुआङ, कुलाई, मुअर, सेगामट, पसिर गुडाङ, कुलिम, सुंगाई पेटानी, लङकवाई, कुवाङ पासु, कोटा भारु, अलोर गजाह, जसीन, हाङ तुह जय, सेरेम्बन, निलाई, पोर्ट डिक्सन, जेम्पोल, कुआन्टन, तेमेरलोह, बेन्टोङ, मनजुङ, क्वाला कंग्सर, ताइपिङ रहेका छन् ।