Coronavirus COVID-19

चिसो बढेपछि भोलिदेखी पाँच दिन स्कुल बन्द

[Ads]

Advertisement

रौतहटको राजदेबी नगरपालिकाले भोली सोमबार देखी शुक्रबारसम्म विद्यालय बन्द गर्ने भएको छ । सोमबार ७ गतेदेखि शुक्रबार ११ गते सम्मका लागि राजदेबी नगरपालिका
अन्तर्गत रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको नगर प्रमुख धिरेन्द्र सिहले जानकारी दिए । बढदो चिसो तथा शितलहरले गर्दा जनजीवन प्रभावित भएपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

पुस १ गतेदेखि रौतहटलगायत तराइका जिल्लाहरूमा शितलहर पर्न थालेको हो । जाडो बढेपछि स्थानीय तहहरूले पनि टोलटोलमा दाउरा वितरण गर्न थालेका छन् भने प्रहरीले जिल्लाको बिभिन्न ४१ ठाउँमा आगो ताप्ने व्यवस्था पनि गरेको छ ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...