Comments Add Comment

सलह किरा संकलन गरि ल्याउनेलाई मकवानपुरगढी गाउँपालिकाबाट प्रोत्साहन स्वरुप प्रति केजी एक सय रुपैयाँ दिने

मकवानपुरगढी – अरबको मरुभूमिबाट पाकिस्तान , भारत हुँदै नेपालका विभिन्न जिल्लाहरूमा प्रवेश गरेको सलह किराले लगाइएको बालीमा नोक्सान पुर्याउन थालेको छ ।

सलह किराले रुपन्देही , नवलपरासी , चितवन , बारा , पर्सा जिल्ला लगायत मकवानपुरको मकवानपुरगढी , बकैया गाउँपालिकाका विभिन्न वडाहरुमा नोक्सानी गर्न थालेको खबरहरु प्राप्त भइरहेका छन् ।

यता मकवानपुरगढी गाउँपालिका वडा नं ७ सुकौराको बतासेडाँडा , महादेवडाँडा लगायतका ठाउँमा बसि प्रकोप कै रूपमा नोक्सान गरेको सलह किराले थप अरु वडाहरुमा पनि लगाइएको मकै बाली लगायतका बालीमा नोक्सान पुर्याउन थालेपछी सो किरा नियन्त्रणका लागि मकवानपुरगढी गाउँपालिकाले सलह किरा संकलन गरि ल्याउनेलाई प्रोत्साहन स्वरुप प्रति केजी एक सय रुपैयाँ उपलब्ध गराउने घोषण गरेको छ ।

आज एक सूचना जारी गर्दै गाउँपालिकाले सम्बन्धित सबै कृषकहरुका लागि जानकारी गराएको हो । साथै सो सुचनामा सलह किराबाट बालीलाई कसरी संरक्षण गर्ने , किरा कसरी धपाउने तथा नियन्त्रणका लागि प्रयोग गर्न सकिने औषधिसमेतको जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर