मकवानपुर क्षेत्र नंम्बर २ (ख) को प्रदेशसभा सदस्य तर्फ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले आफ्नो अग्रता कायमै राखेका छन् । हाल ३७२२४ मत गणना गर्दासम्म बानियाँले १७३०१ मत प्राप्त गर्दै लगातार अग्रता कायमै राखेका छन् भने एमालेका लाल बहादुर थापाले १५६९५ मत ल्याएर पछ्याईरहेका छन् ।
त्यस्तै राप्रपाका बद्री बहादुर खड्काले १८९३ मत ल्याएका छन् । बानियाँ एमालेका उम्मेदवार थापा भन्दा १६०६ मतले अगाडी छन् । अब मत गणना गर्न जम्मा २९०४ बाँकी रहेको छ । योसँगै बानियाँ जितको नजिक रहेको छ । अहिले मत गणना जारी रहेको छ ।