Comments Add Comment

एमालेलाई हराउँने तागत कसैको छैन : एकलाल श्रेष्ठ

मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले एमालेलाई कुनै शक्तिले पनि हराउन नसक्ने बताएका छन् । आईतवार हेटौंडा १२ र १३ मा भएको कार्यक्रममा बोल्दै उम्मेद्बार श्रेष्ठले एमालेले गरेका कामको उपलब्धि नै एमालेको जित्ने आधार भएको बताए ।

जनताको हितमा उल्लेख्य काम गर्दै अघि बढेको एमालेको लोकप्रियताबाट आत्तिएर काङ्ग्रेस नेतृत्वमा केही दलको गठबन्धन भएपनि एमालेले त्यसको डटेर सामना गर्दै अगाडि बढेको बताए । एमाले सरकारका काम र उपलब्धिलाई जनताले बिश्वास गरेर मत दिने श्रेष्ठको भनाई थियो ।

अहिले पनि विभिन्न पार्टी परित्याग गरि विकासप्रेमी जनताहरु एमाले पार्टीमा समाहित हुने क्रम तीव्र बनेको भनाई व्यक्त गरे । उनले एमालेले मुलुकको नेतृत्व गर्ने विषय मंसिर ४ को निर्वाचनबाट पूरा गर्दै स्थायी सरकार निर्माण हुने धारणा ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर