नेकपा माओवादी केन्द्रकी मकवानपुर इन्चार्ज एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेशसभा उम्मेदवार कुमारी मोक्तानले गठबन्धनको सरकार बनेमा भीमफेदी गाउँपालिकामा अहिलेभन्दा तेब्बर बजेट ल्याउँने बताउँनुभएको छ । भीमफेदी गाउँपालिका ९ मा लोकतान्त्रिक बाम साझा गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गरेपछि उहाँले गठबन्धनले बोलेको पुरा गरेर बिकास गर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
‘हामी(प्रदेश सरकार)ले यो गाउँपालिकामा २ अर्ब ८८ करोड बजेट हालेका छौ,’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनु भएकी उहाँले भन्नुभयो, ‘अब फेरी हाम्रो गठबन्धनको प्रदेश सरकार बन्यो भने डबल हैन, तेब्बर बजेट गाउँपालिकामा आउँने छ ।’ लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिलाई अबिश्वास गर्नुपर्ने कुनै ठाउँ नभएको भन्दै गठबन्धन सरकारले आमनागरिकको समस्या समाधानमा पहल गरेको उहाँको दाबी छ ।