एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोल अन्तरले पराजित भएको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको पहिलो खेलमा नै नेपाल पराजित भएको हो ।

भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे । पहिलो हाफमा भुटानले एक गोल गर्यो भने दोस्रो हाफमा एक गोल गरेको हो । जितसँगै भुटानले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । नेपालले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । छनोटको समूह ‘बी’ मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगलादेश छन् । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छ । नेपालले बिहीबार बहराइनसँग खेल्नेछ ।