कपनको राम मन्दिर नजिकै एउटा घरमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयहरुले घरमा लागिएको आगो नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी प्रभाग कपनका अनुसार आगलागी नियन्त्रणमा आइसके पनि क्षतिको पूर्ण विवरण संकलन गरि सकिएको छैन । आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरेको जनाएको छ ।