यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

शनिबार थपिए २५०८ कोरोना संक्रमित,२२६४ जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।
निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट शनिबार १७ जनाले ज्यान गुमाएका छन्। योसहित मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।त्यस्तै, पछिल्लो २४ घण्टामा २२६४ जना जना डिस्चार्ज भएका छन्।