Comments Add Comment

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्।

प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुन: परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको हो।

उनको गत कात्तिक ६ गतेको परीक्षणमा कोरोना पोजेटिभ आएको थियो। त्यसपछि उनलाई थप उपचारको लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा ल्याइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर