हेटौंडा एकेडेमीमा एन्फा खेलाडीलाई खेल सामग्री वितरण

हेटौंडा एकेडेमी विद्यालयमा सञ्चालनमा रहेको एन्फा एकेडेमीका प्रशिक्षार्थी खेलाडीहरूले बुधबार विशेष कार्यक्रमका बीच बहुमूल्य खेल सामग्री प्राप्त गरेका छन्।

प्रशिक्षणरत २८ खेलाडीहरूका लागि आवश्यक पर्ने बल, जर्सी, टिसर्ट, नेट, कोन, जुराफ लगायतका सामग्री प्रदान गरिएको हो। सामग्री वितरणको अवसरमा एन्फा हेटौंडाका संयोजक अरुणराज सुमार्गी, सहसंयोजक अमृत लुङ्बा, तथा विद्यालय सञ्चालक समितिका सदस्य अंकिता सुमार्गीले व्यक्तिगत रूपमा खेलाडीलाई सामग्री हस्तान्तरण गरेका थिए।

खेल सामग्री एन्फा एकेडेमीका कप्तान सुनिलकुमार सुर्खेतीमार्फत वितरण गरिएको थियो। संयोजक सुमार्गीले बताएअनुसार हाल हेटौंडा एकेडेमीमा १३ वर्ष मुनीका ५० विद्यार्थी भर्ना गर्ने अनुमति प्राप्त भइसकेको छ। “हामी आफैं प्रशिक्षकको व्यवस्थासहित खेल प्रशिक्षण गराइरहेका छौं,” उनले भने, “शिक्षासँगै खेलकुदको क्षेत्रमा योगदान दिन पाएकोमा निकै उत्साहित छौं।”

उनले खेलाडीहरूलाई अध्ययनमा समेत ध्यान दिन आग्रह गरे। कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो।

यसअघि सिस्नेरीस्थित बत्सलादेवी माविमा सञ्चालन भइरहेको एन्फा एकेडेमी, अघिल्लो वर्षको बाढीपहिरोपछि हेटौंडा एकेडेमीमा स्थानान्तरण गरिएको हो। अहिले यहाँ विभिन्न जिल्लाका युवाहरू फुटबल प्रशिक्षणसँगै औपचारिक शिक्षा समेत हासिल गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad