हेटौंडाको छुट्टा छुट्टै स्थानबाट लागु औषध खैरो हिरोईन सहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरी टोलीले हेटौंडा १६ हटिया त्रिशुले स्थित धरान चतारा सडक खण्डबाट एकजनालाई लागु औषधसहित पक्राउ गरेको छ । शंकास्पद रुपमा चिसापानी चोकबाट हर्नामाडी तर्फ पैदल हिडीरहेको अवस्थामा चिसापानी बस्ने ३४ वर्षीय विकराज विकलाई ४० मिली ग्रामखैरो हेरोईनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी,सोमबार जिल्लाबाट खटिएको प्रहरी टोलीले हेटौंडा १० मित्र मार्ग स्थित सडकमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा स्थानीय ३७ वर्षीय रन्जित आले मगरलाई पनि नियन्त्रणमा लिएको छ । निजले लुकाई छिपाई राखेको अवस्थामा खैरो हेरोईन जस्तो देखीने खैरो धुलो पदार्थ ४० मिली ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी,सोमबारनै प्रहरी चौकी हेटौंडा बसपार्कबाट खटिएको प्रहरी टोलिले हेटौंडा १० बसपार्कबाट अर्का एक जनालाई पक्राउ गरेको छ । हेटौंडा(२ बस्ने ४८ वर्षीय उज्वलकृष्ण मानन्धरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मानन्धरको साथबाट लागु औषध खैरो हेरोईन जस्तो देखीने १०० मिली ग्राम खैरो धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजना माथि आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।