Comments Add Comment

अब मतदाता नामावली दर्ता अनलाईनबाटै

अब अनलाइन प्रविधिबाटै मतदाता नामावली दर्ता गराउन सकिने भएको छ । निर्वाचन आयोगले बिहीबारदेखि अनलाइनबाट फाराम भरी मतदाता नामावलीमा नाम दर्ता नगराएका नेपाली नागरिकले दर्ता गर्न सक्ने जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले वेवमा आधारित मतदाता नामावली दर्ता गर्ने प्रणालीको विकास गरेर नमुनाको रुपमा काठमाडौं, भक्तपुर र ललितपुरबाट सुरु गर्ने जनाएको छ ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगराएका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट धधध।भभिअतष्यल।नयख।लउमा गई व्यक्तिगत विवरण भरी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गई अनलाइनबाटै पेश गर्न सकिने छ । सो पश्चात् अनलाइन फाराममा उल्लिखित सङ्केत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्ने आयोगले जनाएको छ । आयोगले मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नागरिकले यस अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्नु्गराउनु हुन पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर