नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको अनलाइन शिक्षक प्रशिक्षणको ५० औं सत्र तथा स्थानीय थाहानगरको दोस्रो दिनको शिक्षक प्रशिक्षणात्मक भेला आजपनि नियमित समयमा नै समपन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका महासचिव हंस साहीको प्रमूख आतिथ्यता रहेको कार्यक्रम संगठन थाहा नगर अध्यक्ष रमेशमान डंगोलको अध्यक्षतामा सम्पन्न भएको हो । देशका बिभिन्न जिल्ला तथा मकवानपुर जिल्ला थाहा नगरबाट सहभागी रहेका शिक्षकबीच सम्पन्न प्रशिक्षणात्मक भेलाइ आधुनिक राष्ट्रिय माविका शिक्षक कृष्णगोपाल श्रेष्ठले प्रशिक्षण दिनुभएको हो । श्रेष्ठले शिक्षकलाइ प्रविधीमा दक्ष बनाउन गुगल एपको प्रयोग सम्वन्धी प्रयोगात्मक प्रशिक्षण दिनुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

संगठन थाहा नगर सचिव मनोज लामिछानेले ले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पौडैल बागमती प्रदेश सचिवालय सदस्य मोहन शर्मा, सदस्य सीतादेवी खनाल, पार्वती खनाल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल उपाध्यक्ष लक्ष्मी गजुरेल,सहसचिव प्रतिमा गौतम, लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवा अध्यक्ष मोचनाथ न्यौपाने, उपाध्यक्ष सिन्धुली अध्यक्ष पुरुषोत्तम पाहाडी, रसुवा उपाध्यक्ष आङ्ग माँयाँ शेर्पा, धादिङ्ग उपाध्यक्ष देव कुमारी दनै, पर्वत अध्यक्ष चिरञ्जवी अधिकारी, मकवानपुर जिल्ला समिति सल्लाहकार लक्ष्मी चौलागाइ,पिताम्बर वास्तोला,अकुरप्रसाद गौतम, पूर्व सचिव केशव प्रसाद सञ्जेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सह कोषाध्यक्ष चन्द्रादेबी लामा बल,सचिवालय सदस्य कृष्ण पौडेल जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य सविता लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी संगठन नगर सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष शिब प्रसाद लामिछाने, धादिङ सदस्य सरस्वती पाण्डे, लेखासमिति संयोजक अभिमन्यू गौतम, लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा ५१ औं सत्र भोली पनि शिक्षक संगठन थाहा नगर कमिटीले आइसिटी तालिम सहित नियमित ११ सञ्चालन गर्ने जिल्ला अध्यक्ष श्रीराम दाहालले बताउनुभयो ।