Comments Add Comment

मकवानपुरमा बन्दको प्रभाव : गाडीमा आगजनी , ३ ठाँउमा संकास्पद् वस्तु भेटियो

Google

मकवानपुरमा विप्लव नेतृत्वको बन्दको क्रममा गएराती दुईस्थानमा गाडी जलाएइको छ । दुई स्थानमा संकासपद वस्तु राखिएको छ । मकवानपुरको फाखेल हुमाने भञ्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् । यसैगरी मकवानपुरको मनहरी ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ । कार पूर्ण रुपमा जलेको छ भने ट्रकको अगाडीको भाग जलेको जानकारी दिएको छ ।

विप्लवले आव्हान बन्दको पूर्व सन्ध्यामा हेटौंडाको तीन स्थानमा संकास्पद् वस्तु राखिएको छ । हेटौंडाको थानाभर्याङ, चौकिटोल र हुप्राचौर क्वीक २० नजीकै संकास्पद् वस्तु राखिएको प्रहरीले जनाएको छ । संकास्पद् वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर