Comments Add Comment

हेटौंडा–५ का वडाध्यक्ष राजेश बाँनियाले ५० परिवारलाई खाद्यान्न वितरण

हेटौंडा–५ सानोपोखरामा सञ्चालित फुड बैंकको दशौँ दिनसम्म ३५१ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । शुक्रबार हेटौंडा – ५ नम्बर वडाका अध्यक्ष राजेश बानियाँले ५० परिवारलाई खाद्यान्न वितरण गर्नुभएको क्लबका सल्लाहकार विशालराज महतले जानकारी दिएका छन् । खाद्यान्न हस्तान्तरण कार्यक्रममा क्लबका कोषाध्यक्ष माधवलाल श्रेष्ठ, सचिव उत्तर दुलाल, क्लबका सक्रिय सदस्यहरु विष्णु पुडासैनी ,सुमन महत , सरोज मुक्तान क्लबका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो । त्यस्तै भोलि कृषि बिकास बैंकमा कार्यरत कर्मचारी दिपक रानाभाट र दहनलाल चौधरीले खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको महतले जानकारी दिए ।

कार्यक्रममा ५ नम्बर वडा युवा क्लबले स्वंमसेवकको भुमिका निर्वाह गरेका थियो । खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबका अध्यक्ष उमेश महतको संयोजकत्वमा सञ्चालनमा ल्याएको फुड बैंक बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला रहने गरेको छ । फुड बैंकले प्रतिव्यक्ति ४ किलो चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न वितरण गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर