जुडो संघको आयोजनामा शनिबार रक्तदान हुने

अनलाइन पत्र संवाददाता२०७७-०५-२६ No Comments

मकवानपुर जुडो संघको आयोजनामा भोलि शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । कोरोनाको महामारीको बिचमा रगत अभावले गर्दा विरामीले समयमै उपचार पाउन नसकेको खबरलाई मध्यनजर राख्दै संघले भोलि शनिबार बिहान रक्तदान गर्ने भएको हो । संघले हेटौंडा उपमहानगरपालिका – १ मा रहेको रक्त संचार केन्द्रमा कार्यक्रम आयोजना गर्ने भएको हो । रक्तदान कार्यक्रम बिहान ७ः३० बजे देखि शुरु हुने संघका अध्यक्ष सबिन मोक्तानले जानकारी दिएका छन् ।

Chat Icon
Ad
Ad