नेपाली कांग्रेस निकट कोभिड–१९ अनुगमन समितिले हेटौँडा अस्पताललाई २४ थान अक्सिजन सहितको सिलिण्डर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत हेटौँडा अस्पताललाई हस्तान्तरण गरेको छ । समितिले मंगलबार बारा पुगेर २४ सिलिण्डर अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरेको हो ।

तरुण दल हेटौँडा उपमहानगरपालिका अध्यक्ष सुनिल गिरि सहितको टोलीले विपदको समयमा अस्पतालमा अक्सिजन अभाव हुनुहुदैन भन्ने अभियान स्वरुप २४ थान अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरेको हो । समितिले जेठ ३ गते पनि ४० थान अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरेको थियो ।