हेटौंडामा बुधबार बिहानै भुकम्पको धक्का महशुस गरिएको छ । बुधबार बिहान पौने ६ बजेकोे समयमा भुकम्पको धक्का महशुस भएको हो । भुकम्पको धक्का हेटौंडा लगायत आसपासका जिल्लाहरुमा पनि महशुस गरिएको छ ।

लमजुङ केन्द्रविन्दु भएर ५.८ रेक्टर म्याग्नेच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । देशको विभिन्न जिल्लाहरुमा समेत भुकम्पको धक्का महशुस गरेको छ ।