मंसिर १९ र २० गते हेटौंडा र झापामा राप्रपाले बृहत मोटरसाईकल र्‍याली गर्ने

अनलाइन पत्र संवाददाता२०७७-०८-१७ No Comments

मंसिर १९ गते शुक्रबार हेटौंडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको लागि बृहत मोटरसाईकल तथा कार र्‍याली गर्ने भएको छ । मंसिर २० गते झापामा समेत गरिने राप्रपा अध्यक्ष कमल थापाले सामाजिक संजाल टुईटर मार्फत जानकारी दिएका छन् । अध्यक्ष थापाले बुधबार बिहान टुईटर मार्फत दुई तस्विरमा हेटौंडा र झापामा मोटरसाईकल गर्न लागिएको जानकारी दिएको छ ।

अध्यक्ष थापाले सार्वजनिक गरिएको पहिलो तस्विरमा “मंसिर १९ गते हेटौंडा जाऔं राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गरौ,भ्रष्ट्रचार बेरोजगारी,धर्म परिर्वतन र बिकृतीका विरुद्ध बुलन्द आवाज उठाऔं । राप्रपा मकवानपुरद्वारा आयोजित बृहत मोटरसाईकल ¥यालीमा सहभागी बनौ ।” लेखिएको छ । यसैगरि दोस्रो तस्विरमा “मंसिर २० गते झापा जाऔं,४ दिन बाकी,राप्रपाद्वारा आयोजित राज संस्था तथा हिन्दु राष्ट्र पुन स्थापनाको निमित्त आयोजित बृहत मोटरसाईकल ९कार० ¥यालीमा सहभागी बनौँ ।” लेखिएको छ ।

Ad
Ad