मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज शुक्रबार सार्वजनिक विदा दिएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बिहीबार एक सुचना जारी गर्दै आज शुक्रबार क्रिसमस पर्वको अवसरमा गाउँपालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । सूचनामा कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै उक्त पर्व उच्च स्वास्थ्य सुरक्षा मापदण्ड एवं भौतिक दुरी कायम गरि भिडभाड नगरी मनाउन आग्रह गरेको छ । साथै, मतदाता नामावली सङ्कलनको कार्य सार्वजनिक विदाका दिन समेत यथावत रुपमा संचलन हुने उल्लेख छ ।