एल.आई.सी नेपाल हेटौँडा बिमा शाखाले मृत्यु दावी भुक्तानी गरेका छन् । हेटौँडामा रहेर बिमा सेवा प्रदान गर्दै आएको एल.आई.सी नेपाल बिमा कम्पनीले आईतबार मृत्यु भुक्तानी गरेका हुन् । हेटौँडा–११ नवलपुर घर भएका सानु्कान्छ विश्वकर्माको केही दिन अगाडी असामहिक निधन भएको थियो ।

विश्कर्माको सहस्राब्दी सहकारीबाट एल.आई.सी नेपाल हेटौँडा शाखामा बिमा गरिएको थियो । आईतबार ब्रान्च म्यानेजर जितेन्द्र शाह र एजेन्सी म्यानेजर सुदिप श्रेष्ठ मृतकको घर गई सहस्राब्दी सहकारीका अध्यक्षको उपस्थितिमा परिवारलाई एक लाख साठी हजारको चेक हस्तान्तरण गरिएको हो ।