आजबाट हेटौंडाको मालपोत र नापी कार्यालय एक हप्तासम्म बन्द

Company Register

आज आइतबारबाट मालपोत कार्यालय हेटौंडा र नापी कार्यालय हेटौंडामा एक हप्ताका लागि सेवा बन्द हुने भएको छ । कार्यालयमा भिडभाड बढेको र संक्रमणको जोखिम उच्च भएकोले आजको दिनबाट एक हप्ता कार्यालय बन्द हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा पछिल्लो ३ महिनादेखि निषेधाज्ञा जारी रहेको छ । जारी निषेधाज्ञा पछिल्लो थप साउन ३२ गते राती १२ बजेसम्म रहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...