नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा९एमाले०मा हरेक दिन पहिरो गइरहेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले नेकपा ९एमाले०मा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताएका हुन्। एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरेपनि सो पार्टी अगाडि बढ्न नसक्ने उनको भनाइ छ। नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको दाबी गरे। उनले कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउने कार्यभार नेकपा ९एकीकृत समाजवादी०को रहेको जिकिर गरे।

उनले भने, ‘अहिले जुन पार्टी हो नेकपा (एमाले) त्यो पनि सग्लो रहेन। र अहिले विभिन्न ठाउँहरुमा त्यो पार्टीलाई थाम्न मरिमरि कस्सेर लाग्या छन्। थामिनेवाला छैन। यो जुन दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेको पार्टी छ, अब त्यो पार्टीलाई जस्तासुकै मलजल गरेपनि त्यो अगाडि बढ्न सक्दैन। त्यो लगातार तल खस्दैछ। त्यो विखण्डनतर्फ जाँदैछ। त्यसमा पहिरो जाँदैछ। हरेक दिन पहिरो जाँदैछ। र अब नेकपा ९एकीकृत समाजवादी०को काँधमा नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउने, क्रान्तिकारी दिशामा अगाडि बढाउने, समाजवादको दिशामा अगाडि बढाउने, वैज्ञानिक समाजवादको लक्ष्यतर्फ अगाडि बढाउने ऐतिहासिक जिम्मा समयले हाम्रो पार्टीलाई दिएको छ।’ उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा आफूले एमालेको नवौँ महाधिवेशनमा अगाडि सारेको दाबी पनि गरे। ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पूरा गर्न सम्पूर्ण नेपाली जनता एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।