मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा एक पुरुषको शव फेला परेको छ। शुक्रबार बिहान अन्दाजी २०÷२५ बर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । स्थानियले पुरुषको मृत शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । अहिले प्रहरी घटनास्थल पुगेर शवको मुचुल्का उठाउँदै छ । शवको पहिचान भइनसकेको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।