
गएराती देखी परिरहेको निरन्तर वर्षाका कारण हेटौँडा ५ मा रहेको बानिँयाटोल र शान्तिनगरमा घर डुबानमा परेको छ । बानियाँटोल र शान्तिनगरका गरी ९ घर डुवानमा परेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
हेटौँडा ५ मा रहेको खहरे खोलामा बाढी आएपछि उक्त बाढी गाँउमा पसेको हो । बाढी पस्दा उक्त स्थानमा करिब ९ घर डुबानमा परेको प्रहरीले जनाएको छ । डुबानमा परेपछि वडा प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




