मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सोमबार बिहान सम्म चार ओटा वडाको अन्तिम मतगणना सकिएको छ । वडा नंम्बर १,२,७ र ८ को अन्तिम मतगणनाको परिणाम आइसकेको छ । चार ओटा वडाको अन्तिम मत गणना अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता कायमै बनाएको छ ।

गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दार्जे लामा नेकपा एमालेका अध्यक्ष उम्मेदवार विदुर हुमागाँई भन्दा १५७३ मतान्तरले अगाडी रहेको छ । लामाले चार ओटा वडाको अन्तिम मत गणना आएसम्म ३५७९ मत प्राप्त गरेका छन् भने हुमागाँईले २००६ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मान कुमारी पाख्रिनले एमालेका उपाध्यक्ष उम्मेदवार सन्तु थिङसंग १३६० मतान्तरले अगाडी रहेकी छन् । पाख्रिनले ३२३६ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार सन्तु थिङले १८७६ मत प्राप्त गरेकी छन् । अहिले वडा नंम्बर ३ र ६ को मत गणना जारी रहेको छ ।