मकवानपुरको बकैया र भिमफेदी गाउँपालिकाको सिमानामा रहेको लटारम्मेश्वर महादेव नजिकै सडेको अवस्थामा एक जनाको शव फेला परेको छ । अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृत पुरुषको पहिचान नखुलेको र घटना के कारणले भएको भन्ने अनुसन्धान भईरहेको छ ।