मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको आधारभुत प्राथमिक विद्यालयको मिनि भेला सोमबार सम्पन्न भएको छ । मकपानपुरगढी गाउँपालिकाको अध्यक्ष विदुर हुमागाँईको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दिल कुमारी थिङ्गको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलाले विद्यालयमा कक्षा अपग्रेड गर्ने भन्ने विषयमा छलफल गरेको थियो ।

May be an image of 3 people, child, people standing and outdoors

साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई राउण्ड टेबल संस्थाले साना साना विद्यार्थीहरु अध्ययन गर्ने भएकोले विद्यार्थीहरुको खुट्टामा केही नबिजावोस् भनेर जुत्ता वितरण गरिएको विद्यालयका शिक्षक अन्जान चौलागाँईले बताए । संस्थाले यस अघि सोही विद्यालयमा पाँच हजार अट्ने खानेपानी ट्याङ्की र जाडोयाममा लगाउने न्यानो ज्याकेट वितरण गरिसकेका छन् ।

May be an image of 9 people, people standing and people sitting

कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष जीत बहादुर घिमिरे , स्रोत शिक्षक श्री इन्द्र बहादुर कार्की , शिक्षाप्रेमि,बुद्धिजीवी र अभिभावकहरु लगायतकाको उपस्थिति रहेको थियो ।