जिल्ला समन्वय समिति ९जिसस० महासंघ बागमती प्रदेश कमिटिले अव्यवहारिक मापदण्डका कारणले नदिजन्य पदार्थको उत्खनन तथा व्यवस्थापनमा समस्या सृजना भएको जनाएको छ । प्रदेश कमिटीका तर्फबाट बिहिबार प्रदेशका १३ वटै जिल्ला समन्वय समितिहरुमा पत्रकार सम्मेलन तथा सार्वजनीक कार्यक्रमको आयोजना गर्दै नेपाल सरकारद्वारा जारी मापदण्ड र गृह मन्त्रालयद्वारा जारी परिपत्रका कारण विकास निर्माणमा समस्या सृजना हुनुका साथै स्थानीय तहहरूको राजस्व समेत गुम्ने अवस्था सृजना भएको जनाएको हो ।

जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेशका अध्यक्ष समेत रहेका जिल्ला सान्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरमा पत्रकार सम्मेलन मार्फत विशेष गरि ढुंगा, गीट्टी, बालुवाको उत्खनन का सन्र्दमा नेपाल सरकारद्धारा जारी मापदण्ड र गृहमन्त्रद्वारा जारी परिपत्रका कारण समस्या सृजना भएर अस्तव्यस्तको अवस्था सृजना भएको बताए । जनपत्र